बागलुङ । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि बागलुङमा ट्राफिक सप्ताह २०८० सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सडकमा हुने दुर्घटनाबाट जोगिन सहज होस भन्नको लागि ट्राफिक सप्ताह सञ्चालन गरेको छ ।
पहिलो दिन जनचेतना मुलक प्लेकार्ड सहित ट्राफिक कार्यालयबाट निस्कको ¥यालीले सदरमुकाममा ट्राफिक जनचेनना मुलक सन्देश प्रवाह गर्दै बालउद्यानमा पुगि सभामा परिणत भएको थियो । ट्राफिक सप्ताहको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले भने,सडकमा यात्रा गर्ने यात्रु, सवारी चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने छ ।
ट्राफिक सप्ताहभर सदरमुकामका चोक चोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, जनचेतना मुलक पर्चापम्प्लेट वितरण गर्ने, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस, मास्क वितरण गर्ने र हुटमा बसेर यात्रा गर्ने यात्रुहरुलाई प्रशिक्षण दिने जिल्ला ट्राफिक कार्यालयका प्रमुख मिन बहादुर खड्काले बताए ।
उनले भने सप्ताहको अवसरमा चालक र परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालकलाई परिचालकलाई प्रशिक्षण दिने र पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक गरे नगरेको सम्बन्धि प्रशिक्षण दिइने छ ।
ट्राफिक सप्ताहको ब्यानर सहित सर्वसाधारण बढी आवातजावत हुने स्थानमा सडक प्रयोगकर्ता र विद्यालयका विद्यार्थीलाई प्रशिक्षण, चालक सह चालकलाई स्वास्थ्य परिक्षण, पत्रकारहरूसँग अन्तरक्रिया र दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा बागलुङ बजारमा दीप प्रज्वलन गरिने छ ।