Logo

Jul 31 2026 | २०८३, साउन १५गते

ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश


स्वतन्त्र
सोमबार, वैशाख २५ २०८००४:२६
  • 364
    SHARES

  • ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उनले दिएको रिटमा दुबै पक्षलाई बोलाएको छ। 

    images
    images

    दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेल श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। यो आदेशसँगै श्रेष्ठको सांसद पद केही दिन कायम रहने भएको छ। श्रेष्ठ अब संसद बैठकमा जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा लिखित आदेशमा आउने उनले बताए। 

    आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरूद्ध पूर्वसांसद ढाकाकुमार श्रेष्ठले रिट दिएका थिए। श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस