Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल


स्वतन्त्र
बुधबार, वैशाख २७ २०८००४:३२
  • 424
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार दिउसो छलफल भएको छ ।  

    images
    images

    भेटमा संसदीय समितिहरूको नेतृत्व, सत्य निरूपण तथा मेलमिलाप विधेयकलगायत विषयमा  छलफल भएको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखकले भने,आजको भेटघाटको मूल विषय भनेको संसदभित्रकै विषयको हो। बजेटको तयारी भइरहेको छ।

    नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने कुरा छ, विनियोजन विधेयकका कुरा आज सकिन्छ। त्यसपछि संसदको काम अघि बढ्छ,यिनैमा केन्द्रित भयौं। भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भएको भएपनि  यस विषयमा आज छलफल नभएको लेखकले बताए। 

    प्रतिक्रिया दिनुहोस