काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासत राखेर अनुसन्धान गर्न अनुमती दिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले बताए ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले खाणलाई बुधबार विहान उनको घरबाट पक्राउ गरेको थियो । प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।