Logo

Jul 30 2026 | २०८३, साउन १४गते

७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही हुने


स्वतन्त्र
बिहीबार , वैशाख २८ २०८००२:५०
  • 388
    SHARES

  • ७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही हुने

    काठमाडौं । काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ ।

    images
    images

    मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न संघीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगएमा कारबाही गर्ने चेतावनी दिएको हो । काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको रमाना लिने अवधि गुज्रिएपश्चात् साविकका कार्यालयबाट निजहरूको विदा स्वीकृत नगर्ने रमाना नलिएमा विभागीय सजायको प्रक्रिया सुरु हुने’ मन्त्रालयको परिपत्रमा भनिएको छ ।

    यसका साथै रमाना भई नजाने कर्मचारीलाई उपलव्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्ने समेत मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस