Logo

Jul 30 2026 | २०८३, साउन १४गते

गण्डकीका नवनियुक्त चार मन्त्रीले शपथ लिए


स्वतन्त्र
शुक्रबार, वैशाख २९ २०८००५:१७
  • 428
    SHARES

  • गण्डकीका नवनियुक्त चार मन्त्रीले शपथ लिए

    कास्की । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले सपथ लिएका हुन् ।  एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष चार मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन ।

    images
    images

    शपथ लिनेमा कांग्रेसबाट महेन्द्रध्वज जीसी, जीतप्रकाश आलेमगर र दीपेन्द्रबहादुर थापा तथा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली छन् । जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेमगरलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन् ।

    उनीहरुलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।

    कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले वैशाख १५ गते विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य र अर्याललाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस