बुटवल । लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीका सबै मन्त्रीहरुले आइतबार मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएका छन। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका छ ।
लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन । राष्ट्रपति निर्वाचनबाट संघमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेशमा पनि परेको छ।