Logo

Jul 30 2026 | २०८३, साउन १४गते

राष्ट्रिय जनमोर्चाले थाल्यो, मेची–महाकाली अभियान


स्वतन्त्र
सोमबार, जेठ १ २०८००९:५७
  • 3.4K
    SHARES

  • राष्ट्रिय जनमोर्चाले थाल्यो, मेची–महाकाली अभियान

    बागलुङ । राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आजबाट सुरु गरेको छ । राष्ट्रिय जनमोर्चाले देशका दुई जिल्ला बागलुङ र कञ्चनपुरबाट अभियानको सुरुवात गरेको हो । 

    images
    images

    अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतराका देखिएको भन्दै जेठ १ बाट जनजागरण अभियान सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका परियोजनाबाट अमेरिकाले नेपालमा आन्तरिक हस्तक्षेप बढाएको जनमोर्चाले भन्दै आएको छ ।

    IMG_3076.JPG

    बागलुङमा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारीले अभियानको नेतृत्व गरेका छन् । अभियानमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, अखिल नेपाल युवक संघका केन्द्रिय सल्लाहकार तिलक थापा, अखिल छैठौँका केन्द्रिय उपाध्यक्ष गणेश अधिकारी धारणा राखेका छन ।

    बागलुङमा सुरु भएको अभियानको राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाको अध्यक्षता, लक्ष्मि बास्कोटाको स्वागत र सञ्चालन सचिव भीमलाल पोख्रेलले गरेका थिए ।

    अभियानका क्रममा देशैभरी सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटसहित सडक अन्तक्र्रियाका कार्यक्रम गरिने छ । जेठ १५ गते बुटवल र काठमाडौँमा बिशेष कार्यक्रम गरि अभियान समापन गरिने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

    IMG_3087.JPG

    प्रतिक्रिया दिनुहोस