Logo

Jul 31 2026 | २०८३, साउन १५गते

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


स्वतन्त्र
मंगलबार, जेठ २ २०८०११:१७
  • 432
    SHARES

  • प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे भेटमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको बताए ।

    images
    images

    उनले भने, ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु ।

    जवाफमा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए । समितिको बैठकहरू उत्साहपूर्ण रूपमा सुरु भएको उल्लेख गर्दै सभामुख घिमिरेले सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको बताए ।

    प्रतिक्रिया दिनुहोस