Logo

Jul 30 2026 | २०८३, साउन १४गते

जस्तोसुकै दबाब र प्रभाव आएपनि अनुसन्धानलाई प्रभावित हुन नदिने : उपप्रधानमन्त्री श्रेष्ठ


स्वतन्त्र
बुधबार, जेठ ३ २०८००४:१०
  • 448
    SHARES

  • जस्तोसुकै दबाब र प्रभाव आएपनि अनुसन्धानलाई प्रभावित हुन नदिने : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ । उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाहीका लागि प्रतिबद्धता जनाएका छन  । 

    images
    images

    बुधबार गृह मन्त्रालय पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित नेताहरुको प्रतिनिधिमण्डलसँग कुराकानीका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् । समाजवादीका नेताहरुले सो प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

    आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताए। उनले दोषी नउम्कने र निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको जानकारी दिए । 

    एकीकृत समाजवादीले सो प्रकरणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आमनागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकोमा सरकारलाई धन्यवादसमेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस