Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सुदूरपश्चिममा दोस्रो पटक मन्त्रिपरिषद विस्तार


स्वतन्त्र
शनिबार, जेठ ६ २०८००५:४०
  • 392
    SHARES

  • सुदूरपश्चिममा दोस्रो पटक मन्त्रिपरिषद विस्तार

    कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार गरेका छन। सुदूरपश्चिम सरकारका ३ जना मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।

    images
    images

    आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी सिंह, सामाजिक विकास मन्त्री झपट साउँद, वन मन्त्री रमेश धामी र वन राज्यमन्त्री गीता मालले शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मुख्यमन्त्री शाहले मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय रहेको सुदूरपश्चिम सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन जना, माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित तीन जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री भएका छन् ।

    प्रतिक्रिया दिनुहोस