Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रधानमन्त्री प्रचण्ड वैशाखमा भारत जाने


स्वतन्त्र
सोमबार, चैत १३ २०७९०६:४९
  • 360
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड वैशाखमा भारत जाने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वैशाख पहिलो साता भारतको राजकीय भ्रमण गर्ने गरी तयारी थालिएको छ । भारतीय विदेशसचिव विनयमोहन क्यात्राको नेपाल भ्रमणका वेला राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेबारे छलफल भएको थियो । भ्रमणबारे परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयहरूसँग राय मागेको छ । 

    images
    images

    परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भारत भ्रमणका लागि आन्तरिक गृहकार्य भइरहेको बताइन । प्रधानमन्त्रीले भारतमा उठाउनुपर्ने एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरूसँग परराष्ट्रले समन्वय थालेको छ । बालुवाटार स्रोतले पनि भ्रमणको तयारी भइरहेको जनाएको छ । ‘मन्त्रिपरिषद् विस्तारपछि भारतबाट निमन्त्रणाको औपचारिकता आउँछ भन्ने छ । भ्रमणका लागि तयारी सुरु भइसकेको छ, स्रोतले भन्यो, ‘वैशाख पहिलो साता भारत भ्रमण गर्ने गरी तयारी भइरहेको छ । दुवैतिर समन्वय गरेर मिति तय गर्ने र भारतबाट त्यहीअनुसार निमन्त्रणापत्र पठाउने भन्ने छ ।’ 

    प्रधानमन्त्री प्रचण्डले पनि भारत भ्रमणमा जाने सार्वजनिक गरिसकेका छन् । प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय विदेशसचिव क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि भारत सरकारका तर्फबाट प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्डले एउटा भारतीय टेलिभिजनमा र बालुवाटारमा सम्पादकहरूसँगको भेटमा पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस