Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बागलुङ नगरपालिका भित्रका जनप्रतिनिधिहरुले गठन गरे, वडा सदस्य मञ्च


स्वतन्त्र
शनिबार, जेठ ६ २०८००८:२२
  • 724
    SHARES

  • बागलुङ नगरपालिका भित्रका जनप्रतिनिधिहरुले गठन गरे, वडा सदस्य मञ्च

    बागलुङ । वडा सदस्यहरुको हकहित अधिकारको लागि बागलुङमा वडा सदस्य मञ्च गठन गरिएको छ । बागलुङ नगरपालिकामा निर्वाचित १४ वटा वडाका सदस्यहरुको शनिवार भएको भेलाले मञ्च गठन गरेको हो ।  

    images
    images

    वडा सदस्यहरुको ‘हकहित अधिकार र भूमिका समृद्धि बागलुङ नगरपालिका’ बनाउने उदेश्यले अजुर्न घिमिरेको संयोजकत्वमा १९ सदस्यि वडा सदस्य मञ्च गठन गरिएको छ । मञ्चको सह–संयोजकमा चक्रपाणी शर्मा,आशा केसी रोका, सचिव दुर्गाबहादुर बोहरा, सह-सचिव कृष्ण प्रसाद सापकोटा र कोषाध्यक्षमा बिदेशकुमार श्रेष्ठ रहेका छन । १३ जना अन्य सदस्य रहेका छन ।

    नगरपालिका भित्रको चौतर्फी विकासमा टेवा पु¥याउनको लागि मञ्च गठन गरिएको संयोजक अर्जुन घिमिरेले बताए । नगरभित्रका वडा सदस्यहरुको सहयोग विना कुनै पनि काम अपुरो हुने छ,संयोजक घिमिरेले भने,नगरपालिकामा सदस्यहरुको भुमिका गुमनाम जस्तो भएकोले मञ्च गठन भयो ।  

    बागलुङ नगरपालिकाको ‘हाम्रा ३६५ दिन सम्मान तथा चियापान कार्यक्रम’ शनिवार आयोजना भईरहेको समयमा मञ्च गठन भएको छ । कार्यक्रम भईरहेको अवस्थामा अन्य आमन्त्रित अथितिहरु,वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु,कर्मचारी लगाएतलाई आसन ग्रहण सहित बस्ने कुर्चिको सहज व्यवस्था गरिएपनि निर्वाचित वडा सदस्यहरुलाई कुनैपनि स्थान र आसनग्रहण नगराईएको बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य कृष्ण कार्कीले बताए । साथै कार्यक्रममा औपचारीक रुपमा सदस्यहरुलाई निमन्त्रणा नभएको कार्कीले बताए ।  

    वडा सदस्य मञ्च गठनबारे आईतबार नगरप्रमुख,उपप्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराउने संयोजक घिमिरेले बताए । बागलुङ नगरपालिका भित्र ४८ जना वडा सदस्य रहेकामा भेलामा ४५ जना वडा सदस्य सहभागी भएका थिए । 

    प्रतिक्रिया दिनुहोस