Logo

Jul 30 2026 | २०८३, साउन १४गते

दीर्घकालीन महत्वको योजनामा प्रदेश सरकारले प्राथमिकता दिने : मुख्यमन्त्री पाण्डे


स्वतन्त्र
शनिबार, जेठ ६ २०८००९:४७
  • 472
    SHARES

  • दीर्घकालीन महत्वको योजनामा प्रदेश सरकारले प्राथमिकता दिने : मुख्यमन्त्री पाण्डे

    बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  टुक्रे योजना र बजेटलाई नियन्त्रण गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन ।  

    images
    images

    बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई शनिवार सम्बोधनको क्रममा उनले भने स–साना टुक्रे काम गर्ने जिम्मेवारी स्थानीय तहको भएकोले प्रदेशले दीर्घकालीन महत्वको योजनामा जोड दिइने छ । जनप्रतिनिधि भएको एक बर्षमा नै कामको मूल्याङ्कन गर्नेु भन्दा  कामको सुरुआत गर्ने दिशा समात्यो कि समातेन भनेर हेर्ने समय भएको उनले बताए । 

    बागलुङ नगरपालिकाले निर्वाचित प्रतिनिधि सभा, प्रदेश सभा, पूर्वजनप्रतिनिधि, किसान, व्यवसायी, विद्यार्थी, विद्यालय, विद्यालय व्यवस्थापन समिति, खेलाडि, कर्मचारी, पत्रकार र सामाजिक व्यक्तिलाई सम्मान समेत गरेको छ । 

    प्रतिक्रिया दिनुहोस