काठमाडौं । देशमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ।
बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले जानकारी दिए । दिउँसो कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
पश्चिमबाट न्यूनचापीय प्रणाली पूर्वतिर सर्ने क्रममा गण्डकीबाट बागमती प्रदेशमा आइपुगेको छ। यसले मेघगर्जन र चट्याङसहित वर्षा गराउँने मौसमविद्को भनाई छ । काठमाडौं उपत्यकामा पनि दिउँसो हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशको तराईका भूभागमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।