Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेकपा एमालेले गर्‍यो बागलुङ ढोरपाटनका मेयर नेपालीलाई निलम्बन


स्वतन्त्र
बिहीबार , जेठ ११ २०८००८:२७
  • 544
    SHARES

  • नेकपा एमालेले गर्‍यो बागलुङ ढोरपाटनका मेयर नेपालीलाई निलम्बन

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीले निलम्बन गरेको छ । एमालेका गण्डकी प्रदेश कमिटी सदस्य समेत रहेका नेपालीले सहकारीको करोडौं रुपैया अपचलन गरि फरार भएपछि आरोप लागेपछि पार्टीले निलम्बन गरेको हो । गत निर्वाचनमा नेपाली नेकपा एमालेबाट दोस्रो पटक ढोरपाटनको मेयर निर्वाचित भएका थिए ।

    images
    images

    इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपालीलाई सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएकोले छानबिनका लागि निलम्बन गरेको नेकपा प्रदेश कमिटीले जनाएको छ । घटनाको निरुपण नहुँदासम्मका लागि प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताए।

    नेपाली जेठ ५ गतेदेखि सम्पर्कविहीन बनेका छन । पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको २ अर्ब रुपैया नेपालीले अपचलन गरेको पाइएको छ । 

    प्रतिक्रिया दिनुहोस