Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

इमेज र शिवशिखर सहकारीले गरेको ठगीबारे पिडितले गराए गृहमन्त्रीको ध्यानाकर्षण


शुक्रबार, जेठ १२ २०८००६:२९
  • 3.0K
    SHARES

  • इमेज र शिवशिखर सहकारीले गरेको ठगीबारे पिडितले गराए गृहमन्त्रीको ध्यानाकर्षण

    काठमाडौ । बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हजारौं बचतकर्ताको निक्षेप अपचलन गरि फरार भएको भन्दै पिडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन । गृहमन्त्री श्रेष्ठसंग भेटेर इमेज सहकारीको ठगी प्रकरण बारे सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गरि कार्वाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासनले आलटाल गरि जनताको बचतमाथि खेलवाड गरेको गुनासो पोखेका छ ।

    images
    images

    ढोरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नेपालीले हजारौं बचतकर्ताले सहकारीमा बचत गरेको रकम आर्थिक तरलता अभाव भएको भन्दै करोडौं रूपैयाँ हिनामिना गरि एकाएक फरार  हुदा समेत प्रहरी प्रशासन मौन भएको भन्दै पिडितहरूले गृहमन्त्री श्रेष्ठको ध्यानकर्षण गराएका छन ।

    भ्रष्टाचार बिरूद्व नागरिक अभियानका टोलिले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा समेत पुगि जिल्लाको बस्तुगत अवस्थाबारे जानकारी गराइ अहिले फरार भएका अध्यक्ष नेपालीलाई तत्काल पक्राउ पुर्जी जारी गराउन अनुरोध गरेको संयोजक एकवहादुर केसी संगमले बताए ।

    20230526_131434 (1).jpg

    गृह मन्त्रालयका सहसचिव जितेन्द्र बहादुर बस्नेत ,सहकारी बिभागका रजिस्टार नवराज घिमिरेसंग भेटेर बागलुङको शिवशिखर बहुउद्देश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समस्याबारे अवगत गराउदै अहिले करोडौं रूपैयाँ अपचलन गरेर फरार भएका अध्यक्ष नेपालीलाई तत्काल पक्राउ गरि बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गर्ने वातावरण बनाउन ध्यानाकर्षण गरेको केसीले बताए ।

    गृहमन्त्रीका स्वकीय सचिव बिजय गौतमले, सिआइवी,सहकारी विभाग लगायतका सरोकारवालालाई बागलुङको सहकारीमा भएको घटनाबारे जानकारी गराउदै तत्काल प्रक्रिया अगाडि बढाउन भनेका छ ।  सहकारी पिडितहरूले दिएको ठगी प्रकरणको उजुरी प्रहरीले दर्ता गर्न समेत आनाकानी गरेर सहकारीका अध्यक्ष नेपालीलाई भाग्न प्रंसय दिएको भन्दै गृह मन्त्रालयमा गुनासो व्यक्त गरेका छन । 

    jayapanpatra.jpg

     



    प्रतिक्रिया दिनुहोस