बागलुङ । १६ औ गणतन्त्र दिवसको अवसरमा बागलुङमा बालगृह तथा बृद्ध आश्रममा स्वास्थ्य जाँच एवं उपचार गरिएको छ । उद्योग बाणिज्य संघ र धौलागिरी अस्पतालले संयुक्त रुपमा मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरि उपचार गरेका छ ।
धौलागिरी अस्पतालमा कार्यरत पाचँ जना बिशेषज्ञ सहित डाक्टरको टोलीले ४१ जना बिरामीको स्वास्थ्य परिक्षण तथा उपचार गरेका छ । बर्षौदेखि घरपरिवार देखि टाढा रहि आश्रममा बसोबास गर्दै आएका व्यक्तिहरुको लागि उपचारसगैँ नि:शुल्क औषधी प्रदान गरिएको छ ।
स्वास्थ्य जाँच एवं उपचारको उदघाटन उद्योग बाणिज्य सघं बागलुङका संस्थापक अध्यक्ष श्याम ओझोले उदघाटन गरेका थिए । कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक निर्मल श्रेष्ठले आश्रमको अवस्थाबारे जानकारी गराएका थिए । उद्योग वाणिज्य सघं बागलुङका अध्यक्ष नरेश कडेलको अध्यक्षता, धौलागिरी अस्पतालका मेसु डाक्टर रविरन्जन श्रेष्ठको स्वागत र उद्योग वाणिज्य सघंका महासचिव ऋषिराम गौतमले कार्यक्रम सञ्चाल गरेका थिए ।
आश्रममा बस्दै आएका मध्य मानसिक रोगी, थाइराइट, छाला, सुगर, प्रेसर, दृष्टिबिहिनका बिरामीको जाँच गरि निशुल्क औषधी प्रदान गरिएको उद्योग वाणिज्य सघंका स्वास्थ्य संयोजक सिनियर अहेव बाबुराम केसीले बताए ।