Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकिया अघि बढ्यो


स्वतन्त्र
मंगलबार, जेठ १६ २०८०११:५४
  • 416
    SHARES

  • सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकिया अघि बढ्यो

    काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । मंगलबारको संसदीय सुनुवाई समितिको बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।

    images
    images

    प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश  कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिको पहिलो बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र उजुरी लिने निर्णय गरेको हो । सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशन तथा नेपाल टिभीबाट प्रसारण गरिने भएको छ ।

    कार्की संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते सर्वोच्चका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका थिए । झन्डै १५ महिनादेखि कार्की सर्वोच्चमा कामु प्रधानन्यायाधीशको रूपमा रहेका छन।

    प्रतिक्रिया दिनुहोस