काठमाडौं । राजधानीमा बिबिए अध्ययनरत बिद्यार्थीहरू आफ्नो पढाइसगैँ विभिन्न अतिरिक्त क्रियाकलाप गरेर सामाजिक र व्यवहारिक ज्ञान लिन थालेका छन। आधुनिक शिक्षासंगै बिद्यार्थीहरू दिनप्रतिदिन ब्यवसायिक बन्दै गएको गुनासो आम अभिभावकबाट आइरहेको बेला राजधानीमा बिबिए अध्ययनरत बिद्यार्थीहरू आफ्नो पढाइको अलवा विभिन्न अतिरिक्त क्रियाकलाप गरेर सामाजिक र व्यहारिक ज्ञान समेत लिइरहेका छन् ।
अहिले राजधानीमा भएको रगत अभावलाई समेत टेवा पुर्याउन कलेज मै रक्तदान कार्यक्रम गरी उदाहरणीय काम शुरू गरेका छन् । एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेज बानेश्वर बिबिए तहमा अध्ययन गर्ने बिद्यार्थीहरूले कलेजमा बृहत स्वास्थ्य शिविर आयोजना गरेका छन ।
रगतको अभावले छट्पटी रहेका बिरामीलाई रगत दिएर जीवन बचाउनुपर्छ भन्ने सन्देश दिन बिद्यार्थी र शिक्षकहरूले रक्तदान कार्यक्रम गरेको एस कलेजका बिद्यार्थी सांदिम लामाले बताए। रगत आवश्यक पर्ने बिरामीको लागि सामाजिक संघसंस्थालाई रक्तदान गर्न लगाएर रगत पुर्ति गर्ने काम गरिरहेको र एक परिवार एक रक्तदान भनेर अभियान ल्याएको अभियन्ता किरण योगीले बताए । त्यसको लागि एक परिवार एक सदस्यबाट ३/३ महिनामा रक्तदान गरेर समस्या समाधान हुने योगीले बताए ।
बिद्यार्थीहरू पढाइमा मात्र केन्द्रीत नभएर अन्य सामाजिक र व्यहारिक बन्नुपर्छ भन्ने उदेश्यले क्याम्पसमा रक्तदान, आँखा जाँच र दाँतको समेत उपचार कार्यक्रम राखेको बिद्यार्थी ज्योस्ना बस्नेतले बताए । बिद्यार्थीलाई व्यहारिकमात्र नबनाई सामाजिक र ब्यवहारिक बनाउन स्वास्थ्य शिविर आयोजना गरेको कार्यक्रम संयोजक मंगेस त्रिपाठीले बताए ।
एस कलेज बिबिए म्यानेजमेन्ट अध्ययनरत बिद्यार्थीहरूले स्वास्थ शिविर गर्न एसिइ सस्टेनिबीलीटी क्लब ,समाज डेन्टल हस्पिटल ,शान्त नेपाल समाज लगायत विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा ५ सय ५४ जनाको स्वास्थ शिविरमा स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य शिविरमा २ सय ५५ जनाको आँखा जाँच, २ सय ४५ जनाको दाँतको जाँच र ५५ जना बिद्यार्थीले रक्तदान गरेका थिए ।
आफ्नो क्लब मार्फत बेलाबेलामा पढाइको साथसाथै बिद्यार्थीलाई व्यवहारिक र सामाजिक बनाउन विभिन्न अतिरिक्त क्रियाकलापमा समेत जोड दिन थालेपछि रक्तदान गर्नुपर्छ भन्ने भावनाको समेत बिद्यार्थीमा विकास हुदै भएको छ । बिद्यार्थीहरूले अतिरिक्त काम क्रियाकलापलाई निरन्तरता दिन सकेको खण्डमा यसले समाजमा नयाँ उत्साह समेत बढ्ने देखिन्छ ।