Logo

Jul 30 2026 | २०८३, साउन १४गते

पहाडी भू-भागमा हल्का वर्षा हुने


स्वतन्त्र
शुक्रबार, जेठ १९ २०८००८:०३
  • 436
    SHARES

  • पहाडी भू-भागमा हल्का वर्षा हुने

    काठमाडौँ ।  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ ।

    images
    images

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बढ्ने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस