Logo

Jul 30 2026 | २०८३, साउन १४गते

गठबन्धनको बैठक बसेर भागबन्डा टुंग्याउने सहमति


स्वतन्त्र
सोमबार, चैत १३ २०७९१२:२८
  • 400
    SHARES

  • गठबन्धनको बैठक बसेर भागबन्डा टुंग्याउने सहमति

    काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ । सत्ता गठबन्धनमा शीर्ष नेताहरुले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे फेरि मंगलबार अपराह्न बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो ।

    images
    images

    उक्त भेटघाटपछि मन्त्रिपरिषद विस्तारका लागि मंगलबार दिउँसो ४ बजे सत्ता गठबन्धनको बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन। 

    सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरु नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस