Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सीटीईभीटीका निर्देशकहरु सवार गाडी सुनकोशीमा खस्यो,खोजी जारी


स्वतन्त्र
शुक्रबार, जेठ १९ २०८००२:०७
  • 584
    SHARES

  • सीटीईभीटीका निर्देशकहरु सवार गाडी सुनकोशीमा खस्यो,खोजी जारी

    सिन्धुली । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरु चढेको बा १ झ ७४६७ नम्बरको जिप सुनकोशी नदीमा खसेको छ ।

    images
    images

    काठमाडौंबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप मध्यपहाडी लोकमार्गको खुर्कोट घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशीमा शुक्रबार खसेको छ । सीटीईभीटीको सरकारी गाडी (स्कार्पियो) खस्दा तीनजना बेपत्ता भएका छन् । 

    सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र ड्राइभर चौधरीसहित ४ जना जिपमा सवार थिए । जिपका ड्राइभर कृष्ण चौधरी झ्यालबाट हाम फालेर बच्न सफल भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए । नदीमा बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस