काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।
गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको छ। हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा र जिज्ञासा राखिसकेका छन् ।