Logo

Jul 30 2026 | २०८३, साउन १४गते

लक्ष्य भन्दा बढि मुद्धा फछर्यौट


शुक्रबार, जेठ २६ २०८००५:११
  • 1.0K
    SHARES

  • लक्ष्य भन्दा बढि मुद्धा फछर्यौट

    बागलुङ । बागलुङ जिल्ला अदालतले चालु आर्थिक बर्षको ११ महिनामा ६ सय ६६ वटा मुद्दा फैसला गरेको छ । आर्थिक बर्षको असार मसान्त सम्म ६ सय १५ वटा मुद्धा फछर्यौट गर्ने लक्ष्य लिएकोमा जेठ २५ गते सम्म त्यो भन्दा बढि ४८ वटा मुद्धा फैसला भएको बागलुङ जिल्ला अदालतले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

    images
    images

    गत आर्थिक बर्षमा जिम्मेवारी सरी आएका ३ सय ८९ र नयाँ दर्ता भएका ५ सय १९ गरि ९ सय ८ वटा मुद्धामा ६ सय ६६ वटा मुद्धा फस्यौट भएको बागलुङ जिल्ला अदालतले पत्रकार सम्मेलनको अवसरमा जानकारी गराएको हो । अव बाँकी रहेका २ सय ४५ वटा मुद्धा फैसलाको चरणमा रहेका छन ।

    अदालतमा सबभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा परेको छन । २ सय ५६ वटा सम्बन्ध बिच्छेदका मुद्धा फस्यौट भएको छ । अदालतमा ७५ वटा अशं,४६ जवरजस्ती करणी, २९ वटा चोरीका, २४ वटा लेनदेनका र २१ वटा ज्यान सम्बन्धी लगाएका मुद्धा फस्यौट भएको अदालतले जनाएको छ । 

     


    प्रदिप पन्त
    He is the professional journalist of nepal.

    प्रतिक्रिया दिनुहोस