काठमाडौँ । सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकुले आफूलाई बालसैनिकको रुपमा दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्बोच्च प्रशासनले दरपीठ गरेको रिट निवेदन दर्ता गरिपाऊँ भनी माओवादी जनयुद्धकालका बाल सैनिक लेनिन विष्टले दिएको निवेदन उपर सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले माग बमोजिमको आदेश दिएको हो ।
विष्टले प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री भट्टराई, गृहमन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग लगायत विरूद्ध रिट दिएका थिए।