Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कालिकोटमा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु


स्वतन्त्र
आइतबार, जेठ २८ २०८००८:५१
  • 500
    SHARES

  • कालिकोटमा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु

    सुर्खेत। कालिकोटमा गएराती जिप दुर्घटनामा हुदा तीन जनाको मृत्यु भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयस्वर रिमालले बताए । 

    images
    images

    दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको रिमालले बताए । 

    प्रतिक्रिया दिनुहोस