काठमाडौँ । नेपालमा मनसुन प्रवेश गरेको छ। एक दिन ढिला गरी नेपालमा बुधबार पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभाव मधेस प्रदेशको पूर्वी भागमा देखिएको जनाएको छ । बुधबार साँझको तथ्यांक हेर्दा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको लमजुङमा रहेको कुन्छास्थित वर्षा मापन केन्द्रमा भएको छ ।
यसैबीच, मनसुनी प्रणाली पश्चिम नेपालसम्म पुग्न अझ केही दिन लाग्ने भएको छ । अरु बेला पनि ढिला केही दिन ढिला गरेर पश्चिम नेपाल पुग्ने मनसुनी प्रणाली यस वर्ष अरब सागरमा बनेको बिपरजय चक्रावतुको आंशिक प्रभाव हुन सक्ने अनुमान गरिएको छ ।