Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित


स्वतन्त्र
सोमबार, चैत १३ २०७९१२:५९
  • 480
    SHARES

  • सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।

    images
    images

    बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

    प्रतिक्रिया दिनुहोस