बागलुङ । पत्रकारको न्युनतम पारिश्रमिक वृद्धिको मागसहितको ज्ञापनपत्र प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङले बुझाएको छ । सेन्टरले बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई पत्रकारको न्युनतम पारिश्रमिक वृद्धिको मागसहितको १४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझदै जिल्ला अधिकारी श्रेष्ठले प्रेस सेन्टरले उठाएको समसमायिक मागहरुसहितको ज्ञापनपत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पठाउने व्यवस्था मिलाउने बताइन् । प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङका उपाध्यक्ष संजन सिंह र सचिव अनिष खातीले पत्रकारको न्युनतम पारिश्रमिक वृद्धिको मागसहितको ज्ञापनपत्र बुझाएका हुन ।
पत्रकारको न्युनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने, सञ्चारमाध्यमहरु धेरै ठाउँहरुमा दर्ता गर्नुपर्ने,झण्झटिलो प्रक्रियाको अन्त गर्नुपर्ने, श्रमजीवी पत्रकार ऐनले दिएको सेवा लिनको लागि सबै प्रदेशमा प्रेस रजिष्ट्रार नियुक्त गर्नुपर्ने, साइबर कानुनलाई जोडेर पत्रकारलाई दुख दिने कार्यको अन्त्य हुनु पर्ने,पत्रकारको निशुल्क उपचार, लेखनवृत्ति व्यवस्था मिलाउने लगाएतका मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।