Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेपाल पत्रकार महासंघ बागलुङमा तालाबन्दी


स्वतन्त्र
बिहीबार , जेठ ३२ २०८००१:२४
  • 2.7K
    SHARES

  • नेपाल पत्रकार महासंघ बागलुङमा तालाबन्दी

    बागलुङ । नेपाल पत्रकार महासंघले विधान विपरित कार्य गरेको भन्दै नेपाल प्रेस युनियन बागलुङले महासंघ जिल्ला शाखामा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघ बागलुङको निर्वाचित जिल्ला अध्यक्ष नरेश कडेँल हुदा हुदै जिल्लासँग समन्वय नै नगरी नेपाल पत्रकार महासघं केन्द्रियले विधान विपरित उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर विवाद उत्पन्न गरेको भन्दै युनियनले नेपाल पत्रकार महासंघ जिल्ला शाखामा तालाबन्दी गरेको छ । 

    images
    images

    गत बर्षको षौष २ गते सम्पन्न नेपाल पत्रकार महासंघ बागलुङ शाखाको साधारण सभाको बन्द सत्रमा छलफल नै नभएको बिषयलाई महासंघ शाखा सचिवले आँफूखुशी कम्प्युटर टाईप गरी किर्ते निर्णय गरी केन्द्रीय कार्यालयमा पठाएपछि महासंघको विधान विपरित केन्द्रले उपाध्यक्षलाई का.व. अध्यक्षको जिम्मेवारी दिएपछि नेपाल पत्रकार महासघं बागलुङमा विवाद हुदै आएको छ । 

    विवाद निरुपणको लागि पटक पटक महासंघ जिल्ला अध्यक्ष र नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेशमा लिखित र मौखिक आग्रह गर्दापनि कुनै सुनुवाई नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको नेपाल प्रेस युनियनका अध्यक्ष प्रदिप पन्तले बताए । महासंघको विधान अनुसार कार्यवाहकको जिम्मेवारी दिने अधिकार स्वयं अध्यक्षमा नै निहित रहन्छ,अध्यक्ष पन्तले भने, नेपाल पत्रकार महासंघ केन्द्रले विधानको अधिकार मिचि का.वा.अध्यक्ष दिने निर्णयले विवाद उत्पन्न भएको छ । 
      
    नेपाल पत्रकार महासंघको विधान विपरित दिएको कार्यवाहकको जिम्मेवारी फिर्ता लिन, किर्ते निर्णय गरेर केन्द्रलाई पत्राचार गर्नेलाई कारबाही गर्न र पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर्न नसकेपछि निकासको लागि बाध्य भएर महासंघ बागलुङमा तालाबन्दी गर्नुपरेको नेपाल प्रेस युनियन बागलुङको विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघको विधान विपरितका कार्य तत्काल नसच्चिए प्रेस युनियनले यस भन्दा थप कडा आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा छ । 

    नेपाल पत्रकार महासंघले निर्धारण गरेको कार्यविधि अनुसार सदस्यता शुद्धिकरण गरी महासंघलाई पेशागत रुपमा मर्यादित संस्थाको रुपमा विकास गर्न सदैव तयार रहेको अवस्थामा पछिल्लो समयमा बागलुङ शाखामा उत्पन्न विवादहरुको निरुपण नगरि मनोमानि ढंगबाट गरिने निर्णय मान्य नहुने युनियनले जनाएको छ । विवाद समाधान गर्नुको सट्टा थप विवाद बल्झाउने गरि कुनै प्रकारको निर्णय भए कडा प्रतिरोध गर्ने युनियनले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    union 2-32.jpeg

    प्रतिक्रिया दिनुहोस