Logo

Jul 30 2026 | २०८३, साउन १४गते

समाजवादी मोर्चाको घोषणा हुदै


स्वतन्त्र
सोमबार, असार ४ २०८००८:५०
  • 440
    SHARES

  • समाजवादी मोर्चाको घोषणा हुदै

    काठमाडौँ । समाजवादी मोर्चा घोषणा आज हुने भएको छ ।  राजधानीको राष्ट्रिय सभागृहमा सोमबार आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ ।

    images
    images

    समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल जसपा र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा रहने भएका छन । मोर्चाको प्रतिबद्धता पत्रको मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने उल्लेख छ । मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने पनि मस्यौदामा जनाइएको छ ।

    मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकताअनुसार कार्यविधिहरू बनाउने र समयसापेक्ष परिमार्जन गर्ने पनि मस्यौदामा उल्लेख छ । मोर्चाले घटक सदस्यहरूबिच सहकार्यको संस्कृति विकास गर्दै केन्द्रदेखि स्थानीय स्तरसम्म प्रचार प्रसार, अन्तर्क्रिया, आमसभा तथा आवश्यकताअनुसार संयुक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ ।

    त्यस्तै मोर्चालाई प्रदेश तथा जिल्ला हुँदै स्थानीय स्तरमै विस्तार गरेर लैजाने प्रस्ताव गरिएको छ । मोर्चा घोषणाका लागि कार्यदलले प्रस्ताव गरेको घोषणापत्रमा मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्ष सहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति गठन गर्ने प्रस्ताव गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस