आज देशैभर आंशिक देखि सामान्य बदली रहने भएको छ । अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।
पश्चिमी भूभागमा भने अरेबियन सागरबाट विकसित ‘बिपरजोए’ चक्रवात जमीनमा आउँदा बनेको न्युनचापीय प्रणालीको असरका कारण मौसम बदली हुने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। मनसुन नेपाल भित्रिएको एक साता बितिसक्दा पनि देशभर नफैलनुका कारण सोही प्रणाली कारक रहेको मौसमविद श्रेष्ठ बताउँछन्।
आंशिकदेखि सामान्य बदली भई हाल कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी , मधेस र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।