बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा बुधबार बिहान पिकअफ जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
गल्कोटदेखि बागलुङ सदरमुकाम आउदै गरेको ग १ च ९४८५ नम्बरको पिकअफ जिप दुर्घटना हुदा दुई जना पुरुषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत डिएसपी मदन केसीले जनाकारी दिए । मध्यपहाडी लोकमार्गमा दुर्घटना हुदा पिकअफ जिप सडक देखि ५ सय मिटर तल खसेको थियो ।
गल्कोटमा सामान बिक्री गरि फर्कदै गरेको पिकअफ जिप दुर्घटनामा परेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी केसीले बताए ।