Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन


सोमबार, चैत १३ २०७९०७:४७
  • 548
    SHARES

  • कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन

    बागलुङ – तिन लाख राशीको कालिका कप खुल्ला पुरूष भलिबल प्रतियोगिता बागलुङमा सञ्चालन भएको छ । चैत्राष्टमीको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सुरु भएको हो । बागलुङ नगरपालिका वडा न.–१ कालिका कुञ्ज परिसरमा सुरु भएको प्रतिगोगितामा राष्ट्रियस्तरका १३ टिमले सहभागीता जनाएका छन । 

    images
    images

    प्रतियोतिगामा प्रथम,द्धितिय र तृतिय हुनेले क्रममा तिन लाख,एक लाख पचास हजार र सत्तरी हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगितामा बिस हजारको सान्त्वना पुरस्कार र सर्वोत्कृष्ठ खेलाडीलाई दश हजार नगद प्रदान गरिने मेला प्रचार प्रसार समितिका संयोजक राजेशचन्द्र राजण्डारीले बताए ।

    20230327_093248.jpg

    पहिलो खेल पाङ भलिबल पि.भि.सि. टिम र बागलुङ नगरपालिका–९ तित्याङ बि.एम.टी बिच भएको छ । पाँच दिन सम्म सञ्चालन हुने चैत्राष्टमी मेलालाई आर्कषित गर्न कालिका कप खुला भलिबल प्रतियोतिगासंगै राष्ट्रिय लोकदोहोरी गीत,रथ यात्रा, रमाइलो मेला आयोजना गरिएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले बताए । १७ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन हुने छ । बिभिन्न मेला,महोत्सवमा हुने खेल प्रतियोगिताले खेलाडीसंगै खेलकुदको विकासमा थप टेवा पुग्ने अपेक्षा दर्शकको छ । 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस