Logo

Jul 31 2026 | २०८३, साउन १५गते

दुर्घटनामा परि मृत्यु हुने दुई जनाको सनाखत


स्वतन्त्र
बुधबार, असार ६ २०८०१२:०३
  • 712
    SHARES

  • दुर्घटनामा परि मृत्यु हुने दुई जनाको सनाखत

    बागलुङ । बागलुङमा बुधबार बिहान पिकअप जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पिकअफ जिप दुर्घटनामा परि मृत्यु भएका चालक र अर्का एक जनाको सनाखत भएको छ ।

    images
    images

    दुर्घटनामा परि चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ मालडुङ्गाका वर्ष २८ का राजेन्द्र माझी र बागलुङको जैमिनी नगरपालिका -१० राङ्खानीका ३६ बर्षिया दुर्गा पौडेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख योगेन्द्र कुमार खड्काले जानकारी दिए । 

    गल्कोटदेखि बागलुङ सदरमुकाम आउदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप जिप मध्येपहाडी लोकमार्ग अन्र्तगत बागलुङको काठेखोला गाउँपालिका –५ ठुलढुङ्गामा दुर्घटना भएको थियो । जिपमा दुई जनामात्र सवार रहेको प्रहरीले जनाएको छ ।गल्कोटमा सामान बिक्री गरि फर्कदै गरेको पिकअफ जिप सडकदेखि ५ सय मिटर तल खसेको थियो । 

    प्रतिक्रिया दिनुहोस