Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नगरपालिकाले आफ्नो मातहतमा खानेपानी समितिलाई ल्याउन खोजेको भन्दै बिरोध


बुधबार, असार ६ २०८००९:३६
  • 1.6K
    SHARES

  • नगरपालिकाले आफ्नो मातहतमा खानेपानी समितिलाई ल्याउन खोजेको भन्दै बिरोध

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरभित्रका सबै खानेपानी उपभोक्ता समिति आफनो स्वामित्वमा लिन थालेपछि विवाद सुरु भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले उपभोक्ताले संचालन गर्दै आएको खानेपानी उपभोक्ता समिति नगरपालिकाको स्वामित्वमा लिने गरि काम थालेपछि खानेपानी उपभोक्ता समिति र नगरपालिकाबिच विवाद उत्पन्न भएको हो ।

    images
    images

    नगरपालिकाले समिति आफ्नो स्वामित्वमा लिन खोजेको भन्दै त्यहाँ कार्यरत पदाधिकारीहरुले विरोध जनाएका छन् । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका समितिका पदाधिकारीहरुलाई मेयर घनश्याम गिरीले ‘गेटआउट’ भन्दै अभद्र व्यवहार गरेको उनीहरुको भनाई छ । आफूहरुले ज्ञापनपत्र बुझाउन खोज्दा मेयर गिरीले अभद्र व्यवहार गरेको महादेवस्थान खानेपानी उपभोक्ता समितिका सदस्य पुरुषोत्तम उदासले बताए ।

    समितिका पदाधिकारीहरुले मेयर गिरीलाई जथाभावी अभिव्यक्ति दिने कुनै अधिकार नभएको बताउँदै प्रतिवाद गरेपछि अवस्था तनावपुर्ण बनेको थियो। नगरपालिकाले समिति खारेज गर्ने गरी नयाँ विधेयक ल्याएर स्थानीय रूपमा काम गर्ने संस्थालाई हटाउने योजना बनाएको समितिका पदाधिकारीहरुको आरोप छ । 

    उपभोक्तामुखी ऐन नबनाई समितिमाथि निरकुंशता लाद्न खोजेकाले आफूहरुले विरोध जनाएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले बताए । नगरपालिकाले जबरजस्ती समितिलाई आफ्नो मातहतमा ल्याउन खोजेको उनको आरोप छ । 

    मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था लगायतका सबै खानेपानी उपभोक्ता समिति विघटन गरेर यसको चलअचल सबै सम्पत्ति नगरपालिकाले लिने निर्णय गरिसकेको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताए ।

     



    प्रतिक्रिया दिनुहोस