काठमाडौं । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा)को अवसरमा असार १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचना अनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।