Logo

Jul 30 2026 | २०८३, साउन १४गते

ललिता निवास प्रकरण :पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ,पक्राउ पर्नेको संख्या ७ पुग्यो


स्वतन्त्र
मंगलबार, असार १२ २०८००३:३५
  • 388
    SHARES

  • ललिता निवास प्रकरण :पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ,पक्राउ पर्नेको संख्या ७ पुग्यो

    काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पक्राउ गरेको हो ।

    images
    images

    पूर्वनिर्वाचन आयुक्त शाहलाई पक्राउ गरेसँगै यो सङ्ख्या थपिएको हो । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।शाहलाई धुम्बाराहीस्थित उनको निवासबाट पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । ललिता निवासको जग्गा शाहकी श्रीमतीको नाममा पनि दर्ता रहेको जनाइएको छ ।

    यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा,  डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की,  कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस