काठमाडौँ । गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ रोग देशका ७६ जिल्लामा फैलिएको छ । मनाङबाहेक सबै जिल्लामा रोग फैलिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए ।
हालसम्म संक्रमित ६ लाख ८२ हजार ८० पशुमध्ये ४ लाख ९ हजार १७५ निको भइसकेका छन् भने २ लाख ४७ हजार ४९७ पशु संक्रमित विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । देशभर यो रोगका कारण २५ हजार ४०८ पशु मरेका विभागका जनाएको छ । क्रमिक रुपमा यो रोग नियन्त्रणउन्मुख रहेको सूचना अधिकारी ढकालले बताए ।
यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्ने गरेको विभागले जनाएको छ। प्रभावित पशुको उपचारको लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासति प्राविधिक परिचालन गरिएको विभागले उल्लेख गरेको छ ।
नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईगोरुमा रोग देखा परेको थियो। रोगबाट हाल कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी प्रभावित भएका छन् ।