Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेपाल ट्रेड युनियन काग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षाको लागि पहल गर्ने  


स्वतन्त्र
बिहीबार , असार १४ २०८००७:३९
  • 612
    SHARES

  • नेपाल ट्रेड युनियन काग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षाको लागि पहल गर्ने  

    बागलुङ । नेपाल ट्रेड  युनियन काग्रेस बागलुङले योगदानमा आधारित सामाजिक सुरक्षा र ट्रेड युनियनको संगठनिक गतिविधिलाई स्थानीय तहसम्म बिस्तार गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल ट्रेड युनियन बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षमा सदरमुकामा बसेको बैठकले आगामि दिनमा जिल्लाका सबै स्थानिय तहमा कार्यक्रम गर्ने निर्णय गरेको छ । 

    images
    images

    नेपाल ट्रेड युनियन बागलुङलाई जिल्लाका सबै स्थानीय तहमा बिस्तारसगै सांगठनिक गतिविधि सम्बन्धि प्रशिक्षण सञ्चालन गरिने छ,अध्यक्ष पौडेलले भने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायलाई अगाडि बढाउन पहल गरिने छ ।

    सातौ जिल्ला अधिवेशनबाट मनोनय गर्न बाँँकी रहेका दुई जना सदस्यलाई बैठकले मनोनय गरेको छ । बैठकले संस्थाको विनियम विधानको परिच्छेद ७ को दफा १६.६ बमोजिम जिल्ला कार्य सम्पादन समिति गठन,यस आर्थिक बर्षको आय व्यय प्रस्तुत तथा अनुमोदन लगायतका बिषयमा निर्णय भएको अध्यक्ष पौडेलले बताए ।

    नेपाल ट्रेड युनियन काङ्ग्रेस बाग्लुङले स्वर्गिय दुर्गादत्त आर्चायको स्मृतिमा दुई लाख सात हजार दुई सय २२ रुपैयाका कोष स्थापानसगै बिभिन्न सामाजिक शैक्षिक कार्य गर्दै आएको सचिव विरबहादुर किसानले बताए ।

    प्रतिक्रिया दिनुहोस