काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने छ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा हिजोदेखि सुरु भएको बैठकमा महामन्त्री गगन थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । उनले भदौ १५ भित्र सबै विभागहरुको गठनलाई पूर्णता दिने, २२ वटा विभागहरु थप गर्नेलगायतका प्रस्ताव गरेका थिए ।
एक वर्षपछि बोलाइएको केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको थियो । काग्रेस नेता रमेश लेखकले प्रस्तुत प्रस्तावहरूमाथि कम्तीमा ३ दिनसम्म छलफल चल्ने बताए ।