Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै


आइतबार, साउन ७ २०८००८:४९
  • 428
    SHARES

  • नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आइतबार देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन्।

    images
    images

    सत्तारुढ नेकपा (माओवादी केन्द्र( र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ। पुष्पलाल स्मृति उद्यानमा नेकपा ९एकीकृत समाजवादी०ले एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाउँदैछन्।

    विसं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको  स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए। विसं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित हुनुहुन्छ । जनमतका हिसाबले ठूलो हिस्सा कम्युनिस्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उनले देखेका सपना पूरा हुन नसकेको गुनासो कायमै छ।

    संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ।

    पुष्पलाललगायतका शीर्ष कम्युनिस्ट नेता तथा कार्यकर्ताको सपना पूरा गर्ने लक्ष्यका साथ एकीकृत कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरिएको भए पनि त्यसले मूर्तता पाउन नसकेको र बलियो पार्टी नबन्दासम्म समाजवादको लक्ष्य पूरा हुन नसक्ने नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालको भनाइ छ।

    माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपालगायतले समाजवादी कार्यक्रम लागू गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन गरेका छन्। 



    प्रतिक्रिया दिनुहोस