Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

बागलुङ समाज बेल्जियमद्धारा उपचारको लागि आर्थिक सहयोग प्रदान


शनिबार, साउन २७ २०८००९:५९
  • 2.6K
    SHARES

  • बागलुङ समाज बेल्जियमद्धारा उपचारको लागि आर्थिक सहयोग प्रदान

    बागलुङ । बागलुङ समाज बेल्जियमले बागलुङ जिल्लाका एक बिरामीको लागि आर्थिक सहयोग गरेको छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं.३ नुवाराकी ४२ बर्षिया मिना पन्तको उपचारको लागि एक लाख ६७ हजार ६५ रुपैया आर्थिक सहयोग गरेको हो । मिना बिगत तिन बर्षदेखि पाठेघरको क्यान्सर रोगबाट पिडित भई उचार गर्दै आएकी छन । 

    images
    images

    उनको उपचारमा धेरै खर्च लाग्ने भएपछि बेल्जियममा क्रियाशील सामाजिक संस्था बागलुङ समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्त र उपाध्यक्ष हरि रोकाको सक्रियतामा रोजगारीको लागि बिदेशमा रहेका २७ जनाको सहयोगमा रकम संकलन गरिएको थियो । क्यान्सर रोगबाट पिडित मिनाको उपचारको लागि बागलुङ समाज बेल्जियमले पठाएको रकम रमापति लक्ष्मिनारयण निजी गुठी बागलुङको माध्यमबाट हस्तान्तरण गरिएको छ । बिरामी मिनाका श्रीमान दुर्गा पन्तलाई गुठीका अध्यक्ष हेमराज पन्तले रकम हस्तान्तरण गरेका थिए ।

    आर्थिक सहयोग उपलब्ध गराएर सहयोग पुराएकोमा पिडितको तर्फबाट मिनाका श्रीमान दुर्गाले सम्पूर्ण सहयोगी मनहरुलाई धन्यबाद  दिएका छन ।  अहिले सम्म उनको उपचारमा ८५ लाख रुपैया नगद खर्च भएको र उपचारको लागि थप लाखौ रुपैया लाग्ने भएपछि स्वदेश र बिदेशमा रहेका आफन्तहरुलाई आर्थिक सहयोगको अपिल गरेको उनका श्रीमान पन्तले बताए । मिनाको अहिले नेस्नल क्यान्सर अस्पताल जावलाखेलमा उपचार भईरहेको छ । 

    364016377_1982546422111065_8428546334947410730_n.jpg



    प्रतिक्रिया दिनुहोस