बागलुङ । बागलुङ नगरपालिका वडा नं.७ कालीमाटीमा एभोकाडोको खेती थालिएको छ । खाली रहेको जमिनको उपयोग गरि स्थानीयको आयआर्जमा टेवा पु¥याउनको लागि एभोकाडोको खेती सुरु गरिएको छ ।
बागलुङ मुलपानी चितवन नवलपुरको समन्वय र चितवन निवासी हुतराप पन्तले आफना बुबाआमाको स्मृतिमा तिन सय विरुवा वडा कार्यालयलाई हस्तारन्तरण गरिएको छ । बागलुङ मुलपानी जन्मिनुभएका पन्तले आफना बुबाआमा स्वर्गिय चन्द्रदत्त पन्त र धनकुमारी पन्तको सम्झनामा धनकुटाबाट एभोकाडोको बिरुवा ल्याई वडा नं.७ मार्फत किसानलाई बिरुवा प्रदान गर्नुभएको छ ।
एभोकाडो खेती सुरु भएपछि यहाँका किसानको आर्थिक समृद्धिमा टेवा पुग्ने बागलुङ नगरपालिका वडा नं.७ का अध्यक्ष मेघनाथ शर्माले बताए । यसबाट यहाँका एक सय भन्दा बढि किसान प्रत्येक्ष लाभान्नित हुने भएका छन । आगामी दिनमा एभोकाडोको पकेट क्षेत्रको रुपमा विकास गर्न थप बिरुवा उपलब्ध गराउने मुलपानी चितवन नवलपुर समाजका सदस्य एवं समाजसेवी हुतराज पन्तले बताए ।
बिरुवा हस्तान्तरण कार्यक्रममा मुलपानी चितवन नवलपुर समाजका कोषाध्यक्ष भिम केसीले आफनो धारणा राखेका थिए । वडा अध्यक्ष शर्माको अध्यक्षता,वडा सदस्य रमेश किसानको स्वागत र वडा सचिव लक्ष्मिराज शर्माको संचालनका कार्यक्रम सम्पन्न भएको थियो ।
अहिले लगाएका बिरुवाले तिनदेखि चार बर्षमा फल दिने गर्दछ । बाह्रै महिना हरियो रहने यस फल कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ । एभोकाडो स्वास्थ्यको दृष्टिकोणले धेरै फाइदा पुग्न र धेरै उत्पादन भए क्रिम,बटर,साबुन,तेल,मायोनेज सस, वाइन लगाएका भ्यालु एडेड चिजहरु बनाउन सकिने छ ।