सुनसरी । सुनसरीमा २४ घण्टे निषेधादेश जारी भएपछि धरान सुनसान बनेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा निकायसँग समन्वय गरेबाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक तथा राजनीतिक भेला प्रदर्शन नगर्नरनगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म धरानमा निषेधादेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
धरान उपमहानगरपालिका क्षेत्र धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सबै आयोजनाका लागि निषेधादेश जारी गरिएको छ ।
धार्मिक समूहले शनिबार र्यालीको तयारी गरेपछि सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको छ ।