Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आवास


स्वतन्त्र
आइतबार, भदौ १० २०८००७:०६
  • 520
    SHARES

  • सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आवास

    काठमाडौँ । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूका लागि भैेंसेपाटीमा प्रत्येक प्रदेशका लागि एउटा भवन तयार भएको छ । सो भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ ।

    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि तयार आवास  गृह आइतबार हस्तान्तरण गरेका छन् ।

    मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौँ आउँदा बस्नका लागि भवन प्रयोग गर्ने भएका छन । आवास भवन ८५ करोडको लागतमा निर्माण गरिएको जनाइएको छ । २७ रोपनी १३ आना क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस