Logo

Jul 30 2026 | २०८३, साउन १४गते

पेट्रोलियम पदार्थको मूल्य बढयो


स्वतन्त्र
शुक्रबार, भदौ १५ २०८००७:५३
  • 684
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य बढयो

    काठमाडौं । पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको छ ।

    images
    images

    बिहीबार राति बसेको निगम सञ्चालक समितिले मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब पेट्रोलको पहिलो वर्गको प्रतिलिटर १७९.५०, दोस्रो वर्गको १८१ र तेस्रो वर्गको १८२ रुपैयाँ पुगेको छ ।

    त्यसैगरी डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको निगमले जनाएको छ ।त्यस्तै, एलपी ग्यासको पनि प्रतिसिलिण्डर १,६६० रुपैयाँबाट बढेर १,८९५ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस