Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सर्पदंश उपचार गर्ने अनुमति पायो गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले


स्वतन्त्र
मंगलबार, भदौ १९ २०८००९:३६
  • 540
    SHARES

  • सर्पदंश उपचार गर्ने अनुमति पायो गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले

    पोखरा । सर्पदंश उपचार गर्ने अनुमति गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले  पाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताललाई सर्पदंशको उपचार गर्न अनुमति दिएको छ ।

    images
    images

    संघीय सरकारले नै आधिकारिक रुपमा अनुमति दिइसकेपछि अब सर्पदंशको उपचार हुने अस्पताल प्रमुख डा‍. विकास गौचनले बताए । सर्पदंश उपचारका लागि अहिलेलाई अस्पतालमा कार्यरत जनशक्ति प्रयोग गरिने भएको छ ।

    अस्पतालले सर्पदंशसम्बन्धी अनुमतिका लागि भदौ ४ गते संघीय स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो । यसअघि गण्डकी प्रदेशका मध्यविन्दु अस्पताल नवलपुर, प्राथमिक स्वास्थ्य केन्द्र त्रिवणी र गण्डकी अस्पताल पोखरामा सर्पदंशसम्बन्धी उपचार हुँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस