Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै


स्वतन्त्र
बिहीबार , भदौ २८ २०८००८:३२
  • 452
    SHARES

  • नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

    काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको बिहीबार बिहान ११ बजे अन्त्येष्टि गरिने भएको छ । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनको सोमबार राति हृदयाघातबाट निधन भएको थियो । 

    images
    images

    एमालेले  विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको  शवयात्राको रुट पनि तय गरेको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने उल्लेख छ । 

    नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस